डडेल्धुरा, चैत ४ । डडेल्धुराको गन्याधुरा गाउँपालिका–३, गुयलखेतमा ‘हाइस’ दुर्घटना हुँदा घाइते भएका एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा डोटीको सायल गाउँपालिकाका २६ वर्षीय गणेश साउद रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
उनको डडेल्धुरा अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अरु ९ जना घाइते भएका छन् । घाइतेमध्ये डोटीका ५७ वर्षीया कैल्या ढोलीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैको डडेल्धुरास्थित डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
हाइसचालक विनय बोहरा र गाडीधनी देवसिंह भाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डोटीको सिलगढीबाट कैलालीको धनगढी जाँदै गरेको बा२ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको माइक्रोबस सोमबार बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो ।









प्रतिक्रिया दिनुहोस्