बागलुङ, फागुन ६ । बागलुङको गलकोटमा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सुरु भएको छ । गलकोट नगरपालिका वडा नम्बर–५, टेउवामा जारी मूर्तिकला कार्यशाला फागुन २१ गतेसम्म सञ्चालन हुनेछ । पर्यटकीयस्थल घुम्टेलेकको काखमा भएको मूर्तिकला कार्यशालामा ११ देशका १५ जना मूर्तिकारहरुले विभिन्न प्रकृतिका मूर्तिहरु बनाउने गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानामगरले जानकारी दिए । गलकोट क्षेत्रको पर्यटन प्रवर्द्धन…