Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


उपकुलपति नहुँदा ६ ओटा विश्वविद्यालयको काम प्रभावित


0
Shares

काठमाडौं, फागुन ६ । सरकारले उपकुलपति नियुक्ति गर्न नसक्दा पाँच महिनादेखि ६ ओटा विश्वविद्यालयका काम–कारबाही प्रभावित बनेको छ  ।

गत भदौ र असोजदेखि पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, नेपाल संस्कृत, सुदूरपश्चिम, पोखरा र कृषि तथा वनविज्ञान विश्वविद्यालय उपकुलपतिविहीन छन् ।

सरकारले तीन महिनाभित्र उपकुलपति छनोट गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा ‘सर्च कमिटी’ गठन गरेको थियो ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय सहमति जुटाएरमात्र नाम सिफारिस गर्नुपर्ने भनेपछि सर्च कमिटीले हालसम्म नाम सिफारिस गर्न सकेको छैन ।

प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलको समेत सहमति खोजेका कारण नाम सिफारिस रोकिएको मन्त्रालयका एक पदाधिकारीले जानकारी दिए ।

सर्च कमिटीले सिफारिस गरेका तीनजनाको नामबाट विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्रीले एकजनाको नाम छनोट गर्नेछन् ।

तर, प्रधानमन्त्रीको स्वीकृति नपाएका कारण नाम सिफारिस नै रोकिएको जनाइएको छ ।

उपकुलपति नहुँदा ६ ओटा विश्वविद्यालयको काम प्रभावित बनेको छ ।