अपडेट काठमाडौं, चैत ८ । नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीले ६४ जना नेपालीलाई काठमाडौं ल्याएका छन् । अध्यागमन विभागकाअनुसार थाइ एअरवेज र एअर इन्डियाले नेपालले आवागमनमा प्रतिबन्ध लगाएका मुलुकमा रहेका नेपालीहरुलाई काठमाडौं उतारेका हुन् । उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा ‘क्वारेन्टाइन’मा राखिएको छ । यद्यपि, उनीहरु संक्रमित भए/नभएको…