उदयपुर । शिक्षक दरबन्दीको अभावमा सामुदायिक विद्यालयको गुणस्तर खस्कन थालेको छ । विद्यार्थी संख्या धेरै भएको विद्यालयमा आवश्यक शिक्षक नहुंदा शैक्षिक गुणस्तरमै असर पर्न थालेको हो । कतिपय माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा एउटा पनि माध्यमिक शिक्षकको दरबन्दी छैन । सुगम क्षेत्रका विद्यालयमा भने आवश्यकताभन्दा बढी दरबन्दी पाइएको छ । जिल्लामा शिक्षक, विद्यार्थी र कक्षाको…