काठमाडौं । ‘पहिले देश अनिमात्र विदेश’ घुम्न अभिप्रेरिता गर्ने उद्देश्यका एक समाजसेवी जोडीले आफ्नो विवाहको २५ औं विवाह उत्सव सर्बोच्च शिखर सगरमाथाको आधार शिविर कालापत्थरमा पुगेर मनाएका छन् ।
भिजिट नेपाल–२०२० लाई सघाउ पुर्याउन र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न काठमाडौं सिनामंगलका व्यवसायी नरेश खड्का र समाजसेवी अपार खड्काले आफ्नो विवाह उत्सव कालापत्थरमा पुगेर मनाएको बताएका छन् ।
सामाजिक संजालमा आफ्नो आकर्षक तस्विरहरु पोष्ट गर्दै उनीहरुले जलवायू परिवर्तनका कारण हिमश्रृखंलामा देखिएको समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने पनि सन्देश दिन खोजेका छन् ।
‘हामी नयाँ सन्देश बोकेर कालापत्थर पुगेका हौं, चाडपर्व, उत्सव, हनिमुन मनाउन कालापत्थर पनि उपयुक्त स्थान छ है भन्ने सन्देश दिन खोजेका हौं,’ समाजसेवी अपार खड्काले भनिन्, ‘आफ्नै देश घुम्नुपर्छ भन्ने मानसिकता विकास गराउने पनि हाम्रो उद्देश्य हो ।’
केही दिनअघि एक साता बढी समय लगाएर पुगेका उनीहरुले ५ हजार ६ सय ४३ मिटर अग्लो सोलुखुम्बुको कालापत्थरमा तस्विर खिचाएका थिए ।









प्रतिक्रिया दिनुहोस्