संखुवासभा, चैत २० । मकालु हिमाल आरोहणका लागि आएका पाँचजना विदेशी पर्यटकहरुको उद्धार गरिएको छ । बिहीबार उनीहरुलाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पठाइएको छ । कोरोनाभाइरसको कारण देशभर लगाइएको ‘लकडाउन’का कारण उनीहरु संखुवासभाको सभापोखरी गाउँपालिकाको बाह्रबिसेमा रोकिएका थिए । मकालु हिमालको बेसक्याम्पसम्म पुगेका उनीहरु फर्किएर बाह्रबिसे आएपछि हेलिकोप्टरमार्फत् उद्धार गरिएको संखुवासभाका प्रहरी नायव उपरीक्षक मीमबहादुर…