काठमाडौं, चैत २० । नेपाल विद्यार्थी संघले कोरोनाभाइरसको संक्रमणबाट जोगिन केही स्वास्थ्य सामग्री इमेज ग्रुप अफ कम्पनीज्लाई हस्तान्तरण गरेको छ ।
बिहीबार नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाको नेतृत्वमा आएका विद्यार्थी नेताहरुले कम्पनीज्का प्रमुख कार्यकारी अधिकृत लक्ष्मण हुमागाईंलाई मास्क, ग्लोब्स, स्यानिटाइजर हस्तान्तरण गरे ।
महामन्त्री तिमल्सिनाले शंकरदेव क्याम्पसका विद्यार्थी नेता दीपक ओझाको अग्रसरतामा संकलन गरिएका सामग्रीहरु चिकित्सक, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई वितरण गरिरहेको जानकारी दिए ।
उनले देशको चौथौ अंग पत्रकार पनि कोरोनाभाइरसको जोखिममा रहेकाले सुरक्षाका लागि सानो सहयोग गरेको बताए ।
प्रमुख कार्यकारी अघिकृत हुमागाईंले संक्रमणसँग जोगिनका लागि आफूहरुसँग आवश्यक सामग्री रहेको भन्दै आवश्यक परेकाहरुलाई सहयोग गर्न तयार रहेको बताए ।
कोरोनाभाइरससँज जुध्न इमेज ग्रुप अफ कम्पनीज्ले जनतालाई सुुसूचित गराइरहेको उनको भनाइ छ ।
तिमल्सिनासँगै ओझा, नारायण हमाल, श्याम तिम्सिना र रुपेश शाह सहभागी थिए ।









प्रतिक्रिया दिनुहोस्