संखुवासभा, चैत २० । मकालु हिमाल आरोहणका लागि आएका पाँचजना विदेशी पर्यटकहरुको उद्धार गरिएको छ ।
बिहीबार उनीहरुलाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पठाइएको छ ।
कोरोनाभाइरसको कारण देशभर लगाइएको ‘लकडाउन’का कारण उनीहरु संखुवासभाको सभापोखरी गाउँपालिकाको बाह्रबिसेमा रोकिएका थिए ।
मकालु हिमालको बेसक्याम्पसम्म पुगेका उनीहरु फर्किएर बाह्रबिसे आएपछि हेलिकोप्टरमार्फत् उद्धार गरिएको संखुवासभाका प्रहरी नायव उपरीक्षक मीमबहादुर लामाले जानकारी दिए ।
उद्धार गरिएकामा अष्ट्रेलिया, क्यानडा, फ्रान्सका गरी पाँचजना रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्