वीरगञ्ज, चैत २६ । नेपाल–भारत खुला सीमा प्रयोग गरी प्रदेश नं २ मा भारतबाट नेपाल आउने क्रम नरोकिएपछि प्रहरीले सीमानाकामा थप चेकपोस्ट खडा गरेको छ । आठ जिल्लाका ४३२ किलोमिटरमा १०० को हाराहारीमा चेकपोस्ट रहेकोमा कोरोना सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लागू गरेको तेस्रो चरणको लकडाउन उल्लङ्घन गर्दै भारतबाट नेपाल र नेपालबाट भारत आउनेजाने क्रम नरोकिएको…