सर्लाही । सर्लाहीका माहुरी किसानले सवारी पासको माग गरेका छन् ।
कोरोना भाइरसका कारण भएको लकडाउनका कारण मह उत्पादनमा समस्या भएको भन्दै उनीहरुले माहुरी किसानलाई पनि सावरी साधानको पास उपलब्ध गराउन माग गरेका हुन् ।
मह उत्पादनको दृष्टिकोणले सवैभन्दा उर्वर समयमा लकडाउन हुँदा मह बेचेर परिवार धान्ने किसानहरु मर्कामा परेका छन् ।
अहिले रुदिलो, सिसौ, लिच्ची, असारे, मसलालगायतका वनस्पतिमा फूल फूल्ने बेला भएपनि लकडाउनले आवतजावतसँगै घर बाहिर निस्कन नपाएपछि माहुरी चरण र रेखदेखका लागि समस्या भएको किसान बताउँछन् ।
माहुरी एक ठाँउमा राखेर पाल्न नसकिने र फुल अनुसार सारेर पाल्नु पर्ने भएकाले चितवनवाट मौरी चराउन सर्लाही आएको किसान इन्द्र्रबहादुर थापाको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्