Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


सेनाले जोगाइदिए सुत्केरीको ज्यान


0
Shares

बैतडी, चैत २६ । नेपाली सेनाका एक जवानले बुधबार बिहान गरेको रक्तदानले बैतडीका एक सुत्केरीको ज्यान जोगिएको छ ।

शल्यक्रिया गरेर सुत्केरी भएकी बैतडीको दोगडाकेदार गाउँपालिका—५ न्वालीकी २८ वर्षीया राजु भुलको सेनाले दिएको रगतले ज्यान जोगिएको जिल्ला अस्पताल बैतडीका डा. वसन्तराज जोशीले जानकारी दिए ।

जिल्ला अस्पतालमा चैत २४ गते शल्यक्रियामार्फत बच्चा जन्माएकी राजुको अत्यधिक रक्तश्राव भएपछि ज्यान जोखिममा परेको थियो ।

सुत्केरी महिला रगत अभावमा छट्पटिरहेकी अवस्थामा बुधबार बैतडीस्थित हनुुमानध्वज गुल्मका जवान विवेक नेपालीले रक्तदान गरेका हुन् । सेनाका जवान नेपालीले १ पोका अर्थात् ४०० मिलीलिटर रगत दिएको डा. जोशीले बताए ।

“चैत २४ गते शल्यक्रियामार्फत बच्चा जन्माएकी  राजुको शरीरमा  मङ्गलवार राती रगतको कमी भइ बेहोस भएपछि सेनालाई गुहारेका थियौं” डा.जोशीले भने 

“सेनाले दिएको रगत सुत्केरीको ज्यान जोगाउन सफल भयौं ।” अहिले आमाको स्वास्थ्य अवस्था सुधार हुदैं गएको र शिशुको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ । बैतडीको रक्तसञ्चार केन्द्र ९ब्लड बैंक० मा रगतको आवश्यकता पर्दा सेना र प्रहरीकै भर पर्नुपर्ने बाध्यता रहेको छ । रासस