Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


कोरोना भाइरसको जोखिम कम गर्न सीमामा संयुक्त सुरक्षा गस्ती


0
Shares

कपिलबस्तु । कपिलवस्तुको नेपाल भारत सीमामा निगरानी बढाइएको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै कपिलवस्तुको नेपाल भारत सीमामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय सुरक्षाकर्मीको संयुक्त टोलीले निगरानी बढाएको छ ।

जिल्लाको कृष्णनगर, भिल्मी, हरदौना, खुनुवा, चकारचौडा, हथिहवा लगायतका सीमा क्षेत्रमा संयुक्त रुपमा निगरानी गरिएको छ ।

कपिलवस्तुको भारतसँग सीमा जोडिएको ठाउँमा संयुक्त निगरानी गरिएको सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीले जानकारी दिए ।

 चोरबाटो भएर नेपालबाट भारतमा र भारतबाट नेपाल आउने गरेको गुनासोलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा निगरानी बढाइएकोे जनाइएको छ ।

भारतीय सीमाको सिद्धार्थनगर जिल्ला र नेपालको कपिलवस्तु लगायतका ठाउँमा कोरोना भाइरस नदेखिए पनि पूर्व तयारी गरी निगरानी बढाएको भारतीय एसएसबी खुनुवाका प्रमुख भुपेन्द्र सिंहले जानकारी दिए ।

Skip This