काठमाडौं, पुस २५ । कानुन व्यवसायी, सन्चारकर्मी र मानवअधिकारवादीहरुले सरकारले अघि बढाएको सूचना प्रविधिसम्बन्धी विधेयक आपत्तिजनक भएको भन्दै यसलाई पारित नगर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुले नागरिकको बोल्न पाउने अधिकारलाई कुन्ठित पार्ने उद्देश्यले ल्याइएको सूचना प्रविधिसम्बन्धी विधेयक अत्यन्त लज्जास्पद रहेको टिप्पणी गरे । विधेयक जस्ताको तस्तै पारित गरिए यसले…