कपिलवस्तु, वैशाख १३ । कपिलवस्तुको सीमानाका कृष्णनगरबाट ३५ जना नेपाली नागरिकलाई नेपाल प्रवेश गराइएको छ । विगत २८ दिनदेखि भारतको बढनी क्षेत्रका विभिन्न ‘क्वारेन्टाइन’मा बसेका उनीहरुलाई शनिबार ‘र्यापिड टेस्ट’ गरी नेपाल ल्याइएको हो । यता, कपिलवस्तुको कृष्णनगर नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका ३६ जना भारतीयलाई पनि भारत पठाइएको छ । दुवै देशको सुरक्षा निकायको समन्वयमा…