Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


जानकी नवमीमा विशेष कार्यक्रम गरिएन


0
Shares

जनकपुरधाम, वैशाख १३ । कोरोना महामारीको असर जनकपुरधाममा सीताको जन्मोत्सव जानकी नवमीमा समेत परेको छ ।

प्रत्येक वर्ष धुमधामका साथ मनाइने जानकी नवमीमा यस वर्ष कुनै विशेष कार्यक्रम गरिएको छैन ।

मन्दिरभित्र जमघटबिना सामान्य पूजा–आराधना भइरहेको छ ।

‘लकडाउन’का कारण भक्तजनको सहभागिताबिना सामान्य तरिकाले सीताको जन्मोत्सव मनाइने जानकी मन्दिरका व्यवस्थापक रामरोशन दासले बताए ।

जानकी नवमी प्रत्येक वर्ष वैशाख शुक्ल नवमीसम्म नौ दिन मनाइने गरिन्छ ।

Skip This