Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


भारतको नौतनवा क्वारेन्टाइनमा रहेका १ सय ३० नेपालीलाई स्वदेश ल्याइयो


0
Shares

अर्घाखाँची । भारतको नौतनवाको क्वारेन्टाइनमा बस्दै आएका १ सय ३० नेपालीलाई स्वदेश ल्याइएको छ ।

नेपाल–भारत सीमानाका सुनौलीबाट स्वदेश ल्याइएको अर्घाखांचीको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए ।

लकडाउनका कारण उनीहरु विगत २६ दिनदेखि नौतनवानको एक विद्यालयमा क्वारेन्टाइनमा थिए ।

स्थानीय प्रशासन र जनप्रतिनिधीको पहलमा स्वदेश फर्काइएका उनीहरुलाई केही दिन सम्बन्धित नगरपालिका वा गाउँपालिकाको क्वारेन्टाइनमा राखिने भएको छ ।