Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


लकडाउनको मोडालिटीका बारेमा उच्चस्तरीय समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गठित उच्च स्तरीय समन्वय समितिको बैठक सिंहदरबारमा शुरु भएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसिरहेको बैठक लकडाउनको मोडालिटीको विषयमा केन्द्रीत रहेको बताइएको छ ।

बैठकले दिएको सुझावका आधारमा मन्त्रिपरिषदको बैठकले अन्तिम निर्णय गर्नेछ । हिजोमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीको विषयमा गृहकार्य गर्न समितिलाई निर्देशन दिएका थिए ।

देशमा जारी लकडाउनको पछिल्लो समयसीमा भोलि सकिंदैछ । कोराना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि चैत ११ गते देखि मुलुकभर लकडाउन गरिएको छ ।

समितिको सिफारिसमा पछिल्लो पटक वैशाख १५ गतेसम्मका लागि लकडाउन थपिएको थियो । यसको समयसीमा सोमवार राति १२ बजेबाट सकिँदैछ ।

Skip This