कपिलवस्तु, वैशाख १३ । कपिलवस्तुको सीमानाका कृष्णनगरबाट ३५ जना नेपाली नागरिकलाई नेपाल प्रवेश गराइएको छ ।
विगत २८ दिनदेखि भारतको बढनी क्षेत्रका विभिन्न ‘क्वारेन्टाइन’मा बसेका उनीहरुलाई शनिबार ‘र्यापिड टेस्ट’ गरी नेपाल ल्याइएको हो ।
यता, कपिलवस्तुको कृष्णनगर नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका ३६ जना भारतीयलाई पनि भारत पठाइएको छ ।
दुवै देशको सुरक्षा निकायको समन्वयमा आवत–जावत गराइएको हो ।
नेपाल भित्रिएका अधिकांश दाङ, रुपन्देही र कपिलवस्तुका रहेका छन् ।
नेपाल प्रवश गरेका सबैको ‘आरडीटी नेगेटिभ’ देखिएपछि उनीहरुलाई घर पठाइएको छ ।









प्रतिक्रिया दिनुहोस्