पाँचथर । प्रतिवन्ध गरिएको तरकारी भित्रिएपछि बजार अनुगमन समितिले बरामद गरी नष्ट गरेको छ ।
बजार अनुगमनका क्रममा समितिले जिल्ला बाहिरबाट ल्याएको डेढ क्विन्टल तरकारी नष्ट गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेले जानकारी दिए ।
फिदिम–१ मा रहेको सिटी मार्केटमा रहेको अन्जनी सब्जी पसलले गएराती जिल्ला बाहिरबाट ल्याएको १ सय ५० के.जी. तरकारी नष्ट गरिएको उनले बताए ।
कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दे जिल्ला संकट व्यवस्थापन केन्द्रले गत वैशाख ७ गते जिल्ला बाहिरको तरकारी भित्र्याउन प्रतिवन्ध गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्