Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


लकडाउनमा पनि भारतबाट मानिस आउने क्रम नरोकिए पछि इलाममा सुरक्षा व्यवस्था थप कडा


0
Shares

इलाम । लकडाउनको समयमा पनि इलामको नेपाल–भारत सीमा क्षेत्रमा मानिसको आवतजावत नरोकिएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

इलामको रोङ गाउँपालिकाको मेची किनारदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको नेपाल–भारत सीमानाको साढे ५२ किलोमिटर क्षेत्रका १८ स्थानमा सशस्त्र प्रहरीको पोष्ट स्थापना गरी सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

खुला सीमाबाट आएका मानिस क्वारेन्टाइनमा बस्न नमान्ने भएकाले साढे दुई किलोमिटरको फरकमा सुरक्षाकर्मीको पोष्ट राखिएको छ ।

सीमा क्षेत्रमा सुरक्षाकर्मी थपिएपछि लुकिछिपी आवातजावत रोकिएको छ ।