सन्तोष राउत/ईमेज सोलुखुम्बु । उडिरहेको हेलिकोप्टरले जस्तापाता सहितको सामाग्री खसालेको बिषयमा अध्ययन गर्न बनेको छानबिन समितिले स्थलगत निरीक्षण गरेको छ । पाइलट गुञ्जमान लामाको नेतृत्वमा गठित तीन सदस्य टोलीले आइतबार हेलिकोप्टर मार्फत टाक्सिन्दु पुगेर अवलोकन गरेको नागरिक उड्डययन कार्यालय लुक्लाका प्रमुख इमनाथ अधिकारीले जानकारी दिए । समितिका संयोजक लामासहित सदस्य एरोनोटिकल प्राविधिक रिकेश पन्त, कैलाश…