रौतहट । ईशनाथ नगरपालिका–७ मा कोरोना संक्रमितलाई क्वारेन्टाइनबाट आईसोलेसनमा लैजाने विषयमा विवाद हुंदा प्रहरीले हवाई फायर गरेको छ ।
जोकाहास्थित अनवारुल इस्लामिक मदरसामा रहेको क्वारेन्टाइनबाट दुई जना संक्रमितलाई गरुडा नगरपालिकास्थित प्रहरी आबासिय विद्यालयमा रहेको आईसोलेसनमा लैजाने क्रममा स्थानीयले अवरोध गरेपछि प्रहरीले १२ राउण्ड हवाई फायर गरेको थियो ।
रौतहटका प्रहरी उपरीक्षक रवीराज खडकाले स्थानीयले सुरक्षाकर्मीलाई घेराबन्दी गरेर संक्रमितलाई अन्यत्र लान अवरोध गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको बताए ।
संक्रमितलाई अन्यत्र नलगी सोही नगरपालिकाभित्र उपचार गराउनुपर्ने स्थानीयको माग थियो । प्रहरीले हिजो संक्रमण पुष्टि भएका दुई जनालाई तोकिएको आईसोलेसनमा ल्याएको छ ।









प्रतिक्रिया दिनुहोस्