Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


जुम्लाका क्वारेन्टाइन भरिभराउ, व्यवस्थापनमा चुनौती


0
Shares

काठमाडौं । जुम्लामा दैनिकरूपमा जिल्ला भित्रिनेको संख्या बढिरहेकाले क्वारेन्टाइन व्यवस्थापनमा चुनौती थपिएको छ ।

आठवटै स्थानीय तहले निर्माण गरेको कर्णाली प्रविधिक शिक्षालयमा जिल्लास्तरीय एकीकृत क्वारेन्टाइनमा भारतबाट दैनिक सयौँको संख्यामा जिल्ला भित्रिने क्रम बढेकाले क्वारेन्टाइन अहिले भरिभराउ छ ।

स्थानीय तह र सरोकारवाला निकायको सहकार्यमा व्यवस्थापन गर्न आवश्यक देखिएको जिल्ला प्रहरी प्रमुख कार्यालय जुम्लाका प्रमुख लालबहादुर धामीले बताए ।

हाल जिल्लाको पाँच स्थानमा एकीकृत क्वारेन्टाइन निर्माण गरिएको छ ।

यता भारतबाट आएर एकीकृत क्वारेन्टाइमा बस्दै आएका ४५ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ ।