Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


भारतले नेपालमा अलपत्र आफ्ना नागरिक लैजाँदै


0
Shares

काठमाडौं, जेठ १६ । काठमाडौंस्थित भारतीय राजदूतावासले ‘लकडाउन’का कारण अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन सुरु गरेको छ ।

नेपाल सरकारसँगको समन्वयमा दूतावासले आफ्ना नागरिकलाई बसबाट लैजान सुरु गरेको हो ।

दुई दिनको अवधिमा करिब १५ सय भारतीय स्वदेश फर्किएको मन्जुश्री ट्राभल्स्का भरत तिमिल्सिनाले बताए ।