काठमाडौं । संघीय संसद् अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको छ । समितिको आज सिंहदरबारमा बसेको बैंठकमा सांसदहरुले निजामती सेवालाई निष्पक्ष र राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नु पर्नेमा जोड दिएका थिए । विधेयकमाथिको दफावार छलफलमा सांसद दिलेन्द्रप्रसाद बडुले राष्ट्र सेवक कर्मचारीको…