कैलाली, फागुन १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले असल साहित्य सिर्जनामा साहित्यकार क्रियाशील हुनुपर्ने बताएकी छन् । धनगढीमा बुधबारबाट शुरू भएको विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले साहित्यले विकृतिलाई औंल्याउँदै समाजमा नैतिकता स्थापित गराउने बताइन् । नेपाली भाषा विश्वमा उन्नत भाषाको रूपमा स्थापित हुँदै गएको उनको धारणा थियो । कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी,…