२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


धनुषामा राहत वितरण सुरु


0
Shares

जनकपुर, असार २९ । धनुषामा विपद् जोखिम व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रमा राहत वितरण कार्य सुरु गरेको छ ।

धनुषाका जनकनन्दनी गाउँपालिकासहित कमला नदी र चारनाथ खोला नजिक रहेका गाउँहरु बढी प्रभावित भएका छन् । बाढीले गर्दा धनुषाका जनकपुरधाम उपमहानगरपालिका, कमला, नगराईन, सबैला, क्षिरेश्वरनाथ सहितका नगरपालिका र औरही, मुखियापट्टी, मुसरहनिया गाउँपालिका लगायत एक दर्जनभन्दा बढी स्थानीय तह प्रभावित भएका छन् ।

बाढीले एकहजारभन्दा बढी घर डुबानमा परेका र सयौं परिवार विस्थापित भएका छन् । धनुषामा लगातार तीन दिन परेको पानी आज दिउँसोबाट रोकिएको छ ।

यता, प्रदेश २ सरकारले बाढीमा ज्यान गुमाउनेहरुलाई ३÷३ लाख रुपैयाँको दरले राहत र उद्धारका लागि विपद व्यवस्थापन समितिलाई १० लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ । धनुषामा आएको बाढीबाट अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने एकजना बेपता रहेका छन् ।