काठमाडौं । ज्यापु दिवसको अवसरमा ज्यापु समुदायले आज काठमाडौंमा र्याली निकालेका छन् । इन्द्रचोकबाट बिहान १० बजेदेखि शुरु भएको र्याली वटु, न्यूरोड हुँदै बसन्तपुर सभामा परिणत हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ज्यापु समुदायले आफ्नै भेषभूषा र बाजागाजासहित र्यालीमा सहभागी भएका छन् ।