केके मानन्धर काठमाडाैं । विश्व सम्पदामा सूचीकृत काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल चढाएर बुद्धपूजा गरिएको छ। चतुरासीति सहस्स पुप्फ पूजाको नामले बुधबार लोककल्याणको कामना गर्दै पूजा गरिएको हो । सम्यक सम्बुद्ध शाक्यमुनि तथागतले आफ्नो जीवनकालमा थुप्रै धर्मदेशना दिनुभएको छ । सोही धर्मदेशनालाई ८४ हजार धर्मस्कन्धको रुपमा सयपत्री फूल चढाएर ८४ प्रकारका अष्ट परिष्कारसँगै…