Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


असनमा ‘भेइकल फ्रि’ शनिबारः कसैलाई उत्सव, कसैलाई ‘निल्नु न ओकल्नु’


390
Shares

काठमाडौं। काठमाडौंको ऐतिहासिक असन बजार अहिले एउटा नयाँ प्रयोगबाट गुज्रिरहेको छ ।

काठमाडौं महानगरपालिकाले हरेक शनिवार असन क्षेत्रलाई ‘सवारी मुक्त’ बनाउने निर्णय गरेपछि यहाँको डबली र गल्लीहरूमा नयाँ बहस शुरु भएको हाे । के यो सम्पदा जोगाउने कडी हो कि व्यापार सुकाउने एम्बुस रु नुनदेखि सुनसम्म पाइने, इतिहासदेखि वर्तमानसम्म जोडिएको र बालबालिकादेखि वृद्धवृद्धासम्मको स्मृतिमा बसेको ठाउँ असन हाे । काठमाडौं महानगरपालिकाले यहाँको साँस्कृतिक ओजलाई फर्काउन प्रत्येक शनिबार सवारी आवातजावतमा प्रतिवन्ध लगाएको छ ।

यहि वैशाख ५ गते शनिवारबाट कार्यान्वयनमा समेत आइसकेको हाे । तर यो निर्णयले स्थानीय व्यवसायी र जनप्रतिनिधिबीचको बुझाइमा भने ठूलै खाडल देखिएको छ । काभ्रेपलाञ्चोकबाट आएर असनमा भाडा पसल गरिरहेका अशोक आचार्यका लागि ‘भेइकल फ्रि’ शनिबार कुनै उत्सव होइन, बरु एउटा आर्थिक बोझ बनेको छ ।

दिनको १५–२० हजार खर्च हुने ठाउँमा महिनाको चार शनिबार बन्द हुँदा ८० हजार रुपैयाँ नाेक्सान हुने बताए ।
अशोकको विचारमा हप्तैपिच्छे हुने यो कार्यक्रमले आफ्नो औचित्य गुमाउँदै गएको छ ।