काठमाडाैं । बाँकेमा आइतबार बिहानै एम्बुलेन्सको ठक्कर दिएका कारण दुई जनाको मृत्यु भएको छ।
साेही दुर्घटनामा परी दुई जना घाइते भएका हुन् । कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले आइतबार बिहान सडकमा पैदल हिँडिरहेका चार जनालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । गुलरिया–७ स्थित डिभिजन वन कार्यालय नजिक एम्बुलेन्सले चार जनालाई ठक्कर दिएको हो ।
दुर्घटनामा ५२ वर्षीय भूमि लामिछाने र उनका ५ वर्षीय नाति रिहान्स खरेलको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ। दुर्घटनामा मृतक लामिछानेकी पत्नी सीता लामिछाने र अर्का स्थानीय सूर्य उपाध्याय घाइते भएका छन् । घाइतेहरुको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको हाे ।
आइतबार बिहानै योग गर्न आयुर्वेद अस्पताल जानेक्रममा सडक पार गरिरहँदा तीव्र गतिमा आएको एम्बुलेन्सले उनीहरूलाई ठक्कर दिएको थियाे ।









प्रतिक्रिया दिनुहोस्