Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


सल्यानमा जन्ती सवार जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गयो, १४ घाइते


143
Shares

काठमाडाैं । सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१२ पुथालाको भित्री सडकखण्डमा जन्ती सवार जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ ।

बनगाड कुपिन्डे–८ थाराबाट कालीमाटी लक्ष्मीपुरतर्फ विवाहको जन्ती लिएर जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०२७१ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना हुँदा अन्य १४ जना घाइते भएका प्रहरीले बताएकाे हाे। बनगाड कुपिण्डे नगरपालिका–८ का ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षकै ठगे घर्ती, १९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ।

सुर्खेतको मेहलकुनामा रहेको अस्पतालमा घाइतेहरुको उपचार भइरहेको प्रहरीले बताएको हाे ।