८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


एमाले जग्गा विवाद मुद्दा हेर्दाहेर्दैमा


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट कार्यालय भवन निर्माण गर्न जग्गादान लिएको मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ ।

न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासमा शुक्रबार भएको सुनुवाइपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।

गत कात्तिक १२ गते न्यायाधीश सुनिल कुमार पोखरेलको ईजलासले जग्गा दानमा लिने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

ईजलासले अन्तरीम आदेशको सम्बन्धमा छलफलका लागि दुबै पक्षलाई ईजलासमा बोलाउने आदेश समेत गरेको थियो । गत असोज २५ गते ब्यापारी मीन बहादुर गुरुङले कीर्तिपुरमा दिएको जग्गामा एमालेले भवन निर्माणका लागि शिलान्यास गरेको थियो ।