काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले युवाहरुमा सिंगो देशको लागि केही गरौँ भन्ने भावना जागृत हुनुपर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा शैक्षिक सहयोग कार्यक्रममा बाल्दै अध्यक्ष अन्सारीले यस्तो बताउनुभएको हो ।
अध्यक्ष अन्सारीले आजको पुस्तामा आफ्नो लागि मात्रै नभइ देशको लागि केही गरौँ भन्ने भावना जागृत हुनुपर्ने बताउनुभयो । उहाँले युवाहरुको सोचमा केही गरौँ भन्ने भावनामा वृद्धि हुनुपर्ने बताउनुभयो । उहाँले आयोगले मुस्लिम समुदायका युवाहरुका लागि लोकसेवा तयारीको समेत व्यवस्था गरेको भएपनि विद्यार्थी बीचमै छाडेर जाने स्थितिको अन्त्य गर्नुपर्नै बताउनुभयो ।
अध्यक्ष अन्सारीले निजामति सेवामा पनि मुस्लिम समुदायका युवाहरुको उपस्थिति कमजोर रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्