काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकमा अराजक गतिविधि बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ सभाको आज काठमाडौमा उद्घाटन गर्दै उनले अराजक गतिविधिबाट मुलुक अगाडि बढन् नसक्ने भएकाले प्राज्ञिक वर्गले भूमिका महत्वपूर्ण हुने बताए । मन्त्री भट्टराईले सुसंस्कृत समाजबाट मात्र मुलुकमा परिवर्तन सम्भव हुने…