लुक्लाबाट उडेका चारवटा हेलिकप्टर काभ्रेको धानबारीमा आकस्मिक अवतरण • Image Khabar Image Khabar


लुक्लाबाट उडेका चारवटा हेलिकप्टर काभ्रेको धानबारीमा आकस्मिक अवतरण


Imagekhabar
३१ भाद्र २०७६, मंगलवार १०:४५

लुक्लाबाट उडेका चारवटा हेलिकप्टर काभ्रेको धानबारीमा आकस्मिक अवतरण

काठमाडौं । सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेका चार वटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरिएको छ ।

सिम्रिक एयरका २ वटा, मनाङ एयरको एउटा र कैलाश एयरको एउटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरिएको खबर प्राप्त भएको छ ।

मौसममा खराबी आएपछि हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो । चारवटै हेलिकप्टर पाँचखाल नगरपालिका–२ मा धानखेतमा अवतरण भएका हुन् ।

प्राप्त जानकारी अनुसार मनाङको एउटा र सिम्रिकका २ वटा हेलिकप्टरमा ६/६ जनाका दरले १८ जना र कैलाश हेलिकप्टरमा ३ जना गरी २१ जना यात्रु सवार रहेका थिए ।

लुक्लाबाट उडेका चारवटा हेलिकप्टर काभ्रेको धानबारीमा आकस्मिक अवतरण

 (केशबराज पौडेलको तस्विर पत्रकार महेश गौतमको फेसबुकबाट)

 

प्रतिक्रिया दिनुहोस्