खराब मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित • Image Khabar Image Khabar


खराब मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित


Imagekhabar
३१ भाद्र २०७६, मंगलवार ०९:२६

खराब मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि उडान प्रभावित भएको छ ।

बाक्लो हुस्सु लागेको कारण भिजिबिलिटी कम भएकाले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो ।

विमानस्थलमा चार किलोमिटर मात्र भिजिबिलिटी रहेको महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।

भिजिबिलिटी कम भएकाले विमानको उडान र अवतरण बन्द गरिएको महानिर्देशक क्षेत्रीले बताए ।

आन्तरिक भिजिबिलिटी कम भएका कारण कतार एयरको विमान कोटेश्वर आएपछि डाइभर्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्