काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकमा अराजक गतिविधि बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ सभाको आज काठमाडौमा उद्घाटन गर्दै उनले अराजक गतिविधिबाट मुलुक अगाडि बढन् नसक्ने भएकाले प्राज्ञिक वर्गले भूमिका महत्वपूर्ण हुने बताए ।
मन्त्री भट्टराईले सुसंस्कृत समाजबाट मात्र मुलुकमा परिवर्तन सम्भव हुने धारणा राखे । प्रतिष्ठानले तयार पार्ने प्राज्ञिक महत्वका नीति, योजना र कार्यक्रममा सरकारले सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा प्राज्ञ सभाका अध्यक्ष गंगाप्रसाद उप्रेतीले भाषा, साहित्य, संस्कृतिको संरक्षणमा प्रतिष्ठानले काम गरी रहेको जानकारी गराए ।
संस्कृतिविद् सत्यमोहन जोशी, पूर्व कुलपति बैरागी काईंलालगायतले प्राज्ञिक क्षेत्रको संरक्षण र कला साहित्यको विकासमा सरकारले आवश्यक भूमिका खेल्नु पर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्