२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


प्रमुख पक्राउ परेपछि यातायात व्यवस्था कार्यालयमा आर्थिक कारोबार ठप्प


0
Shares

कैलाली । यातायात व्यवस्था कार्यालय कैलालीमा दुई सातादेखि कार्यालय प्रमुख विहीन हुँदा प्रशासनिक काम बाहेक आर्थिक कारोवार ठप्प बनेको छ ।

दैनिक पाँचसय बढी सेवाग्राहीले सेवा लिंदै आएपनि भदौ १२ गतेदेखि कार्यालय प्रमुख विहीन बनेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय महेन्द्रनगरको टोलीले कार्यालय प्रमुख गम्भीरसिंह विष्टलाई घुस रकमसहित पक्राउ गरेपछि कार्यालय प्रमुखविहीन भएको हो ।

विष्टसहित २ जना अन्य अधिकृत पनि पक्राउ परेका हुन् । कार्यालयका शाखा अधिकृत भुवन जोशी र अधिकृत जयराज कारिगरलाई १ लाख ६६ हजार एक सय रुपैयाँ घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको थियो ।

विष्टसहित ३ जना अधिकृत पक्राउ परेपछि सुदूरपश्चिम प्रदेश सरकारले कार्यालय प्रमुख पठाउन सकेको छैन ।

प्रदेश सरकारले सिनियरका आधारमा अधिकृत नन्दलाल पाण्डेलाई आर्थिक कारोबारबाहेक प्रशानिक जिम्मेवारी दिएको छ ।

कार्यालयमा दरबन्दी अनुसार कर्मचारी नहुँदा कामको चाप समाल्न नसक्ने गरी बढेको निमित्त कार्यालय प्रमुख पाण्डेले बताए ।

सेवाग्राहीलाई छिटोछरितो सेवा नदिएको गुनासो आइरहेका बेला दरबन्दी अनुसार कर्मचारी नभएपछि सेवाग्राहीलाई सास्ती हुँदै आएको छ ।