काठमाडौं । हुस्सु र कुहिरोका कारण तराईका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । केही दिनदेखि हुस्सु र कुहिरा लाग्नुका साथै चिसो ह्वातै बढेकाले त्यहाँको जनजीवन प्रभावित बनेको हो । तराईका विभिन्न जिल्लामा शीतलहरका कारण कतिपय मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् । मधेशमा हुस्सु र कुहिरो लागेसँगै बारा, पर्सा लगायतका जिल्लाको तापक्रम दिनदिनै घट्दै गइरहेको छ…