१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


खाना पकाउने ग्याँसबाट आगलागी हुँदा एक वृद्धाको मृत्यु


1.248k
Shares

पर्वत । पर्वतको कुश्मा नगरपालिका- १० पिपलटारीमा खाना पकाउने ग्याँस लिक भएर आगलागी हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

पिपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरमा रहेको ग्याँस आज बिहान फेर्ने क्रममा लिक भएर एक्कासी आगालागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर घटनास्थलमै मृत्यु भएको हो । मृतक पौडेल चिया पिउन र दुध लिनका लागि रेग्मीको घरमा जानुभएको थियो ।

घर धनी ५२ वर्षीया धु्रव रेग्मी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक रविन विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते रग्मीको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।

आगलागी लगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र शसस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । घटनाको बारेमा थप अनसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ । आगालगाीवाट घरमा समेत क्षति पुगेको छ ।