Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा


91
Shares

काठमाडाैं । काठमाडौंको असनमा नेवारी परम्पराअनुसार ९६ जना कुमारको पूजा गरिएको छ ।

अन्नपूर्ण तः कें पुचः को आयोजनामा शनिवार कुमार पूजा गरिएको हो । पाँच वर्षसम्मका बालकहरुलाई कुमार पूजा गर्ने गरिएको छ । संस्थाले हरेक वर्षको भदौ महिनामा कुमार पूजा गर्दै आएको संस्थाकी अध्यक्ष रामलक्ष्मी महर्जनले जानकारी दिनुभयो ।

देशमा सुख, शान्ति कायम होस् तथा सबै गणेशले मिलेर रक्षा गरून् भन्ने उद्देश्यले पूजा गरिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हरेक वर्ष भदौ महिनामा हाम्रो संस्थाबाट कुमार पूजा गर्ने गरेका छौँ, देशमा सुख शान्ति होस्, सबै गणेशहरु मिलेर रक्षा गरोस् भनेर कुमार पूजा गरिएको हो ।

यहाँ ९६ जना कुमारको पूजा गरिएको छ ।’ कुमारहरुको नेवारी परम्पराअनुसार बाजगाजासहित पूजा गरिएको हो ।

कुमारहरुलाई टिका, फूलपाती, टोपी लगाउनुको साथै प्रसाद, चकलेट, बिस्कुट, लगायतका मिष्ठान्न परिकारहरु वितरण गरिएको छ । कुमार पूजापछि आगन्तुकहरुलाई नेवारी भोजन समेत गराईएको छ ।