काठमाडौं । जिल्ला अदालतले बलात्कार आरोपी मनोज पाण्डेमाथि अनुसन्धान गर्न पाँच दिनको समय दिएको छ । सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले उनलाई सोमबार काठमाडौं जिल्ला अदालत पुर्याएको थियो । उनीमाथि सौन्दर्य प्रतियोगितामा सहभागि युवतीले सामाजिक सञ्जालमार्फत् आफूमाथि ६ महिनासम्म बलात्कार गरेको आरोप लगाएकी…