काठमाडौं । उच्च हिमाली भेगमा हिमपातमा परि २ जना बेपत्ता भएका छन् । मनाङको नासो गाउँपालिका लुम्रुचोकस्थित भेडिगोठ गएका एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही गाउँपालिकाका ५५ वर्षीय आच्यो गुरुङ रहेका छन् । घर फर्कने क्रममा दिउँसो १ बजेबाट फेम्रो जङ्गलबाट गुरुङ बेपत्ता भएका हुन् । उनीसँगै गएका दुई जना घर फर्किसकेका…