गाउँपालिका अध्यक्षको पहिलो निर्णय : गर्भवती महिलालाई १० हजार पोषण भत्ता « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Tue Jun 28 2022


गाउँपालिका अध्यक्षको पहिलो निर्णय : गर्भवती महिलालाई १० हजार पोषण भत्ता


12.454k
Shares

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाकाले गर्भवती महिलालाई मासिक १ हजारका दरले पोषण भत्ता दिने भएको छ ।

नवनिर्वाचित अध्यक्ष छत्रबहादुर सुब्बाले पदभार ग्रहण लगत्तै बच्चाको स्वास्थ्य सुधारका लागि गर्भवती महिलालाई प्रत्येक महिना १ हजारका दरले १० महिनासम्म पोषण भत्ता उपलब्ध गराउने पहिलो निर्णय गर्नुभएको हो ।

गाउँपालिकामा स्थायी बसोबास गर्ने र स्वाथ्य संस्थामा नियमित गर्भवती जाँच गराउने महिलाले मात्र भत्ता पाउनेछन् ।

यसले गर्भवती महिलालाई नियमित स्वाथ्य जाँचका लागि प्रोत्साहन गर्ने तथा गर्भवती महिला र बच्चाको स्वाथ्यमा समेत सकारात्मक प्रभाव पर्ने अध्यक्ष सुब्बाको भनाइ छ ।

सुब्बाले यो बिषयलाई आफ्नो घोषणपत्रमा समेत समेट्नुभएको थियो ।