नेपाल प्रहरीका ५ जना डिआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस « Imagekhabar – Online News Portal of Nepal
१७ असार २०७९, शुक्रबार | Fri Jul 1 2022


नेपाल प्रहरीका ५ जना डिआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस


78
Shares

काठमाण्डौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।बढुवामा प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीको नाम एआईजीका लागि १ नम्बरमा सिफारिस गरिएको छ । त्यसैगरी प्रहरी नायव महानिरीक्षकहरु अरुणकुमार बिसी,दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।

बढुवा सिफारिस समितिको निर्णयलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि उनीहरु प्रहरी अतिरिक्त महानिरीक्षक बन्नेछन् ।