Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


ममता काफ्ले हत्या प्रकरण : श्रीमतीको शव टुक्रा-टुक्रा पारेको नरेश भट्टद्वारा अदालतमा स्वीकार


0
Shares

काठमाडाैं । अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या तथा बेपत्ता प्रकरणमा अभियुक्त उनका श्रीमान् नरेश भट्टले श्रीमतीको शव टुक्रा-टुक्रा पारेको स्वीकार गरेका छन् ।

अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या तथा बेपत्ता प्रकरणमा अभियुक्त उनका श्रीमान् नरेशले बिहिबार अदालतमा बयान दिँदै श्रीमतीको शव टुक्रा–टुक्रा पारेको स्वीकार गरेका हुन्।

नरेशले ममतालाई २०२४ जुलाई ३० को बिहान शयनकक्षको भुइँमा मृत अवस्थामा फेला पारेपछि शव टुक्रा पारेको बताएका छन् । उनले सो शव व्यवस्थापन गर्ने क्रममा शरीरका विभिन्न भाग अलग्याएको बयान दिएका छन् ।

सुरुमा शरीरको तल्लो भाग अर्थात् खुट्टा अलग्याउने प्रयास गरेको पनि उनले बताए । भट्टले शवलाई बाथरुममा लगेको तर शारीरिक रूपमा कमजोर महसुस भएकाले पहिलो दिन काम पूरा गर्न नसकेको बताएका छन् । उक्त रात आफू सुत्न नसकेको र डरका कारण पूजा कोठासमेत नगएको उनले अदालतमा बयान दिएका छन् ।

भट्टका अनुसार ममतालाई भेट्दा उनको मुख र भुइँमा वान्ता देखिएको थियो । वान्तामा रगत, खानाका टुक्रा, क्याप्सुल र कीटनाशक विषादीका रूपमा प्रयोग हुने ‘सेलफोस’ का अवशेष रहेको उनले अदालतमा बताएका छन् ।

उनले श्रीमतीलाई छामेर हेरेको, बोलाउने प्रयास गरेको र सीपीआरलगायत जीवनरक्षक उपाय अपनाएको दाबी गरेका छन् । तर, त्यसपछि शव टुक्रा पार्ने निर्णयमा पुगेको उनको बयान छ। नरेश भट्टमाथि प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव क्षतविक्षत पारेको अभियोग लगाइएको छ । यद्यपि, ममता काफ्लेको शव अहिलेसम्म फेला परेको छैन ।

Skip This