धनकुटामा एक महिनामा ११ जनाले गरे आत्महत्या « Imagekhabar – Online News Portal of Nepal
२३ असार २०७९, बिहीबार | Thu Jul 7 2022


धनकुटामा एक महिनामा ११ जनाले गरे आत्महत्या


377
Shares

धनकुटा । जिल्लाका १ महिनामा ११ जनाले आत्महत्या गरेका छन् ।

२०७९ बैशाख महिनामा ज्यान सम्बन्धी १६ वटा घटना घटेकोमा ११ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आत्महत्या गर्नेमा १५ देखि २५ वर्ष उमेर समूहका ७ जना, ४५ वर्षको १ जना, ५० देखि ५५ वर्ष उमेर समूहका २ जना, ८२ वर्षीय एक वृद्धले आत्महत्या गरेका हुन् ।

त्यस्तै लडेर २ जना, डुबेर १ जना, सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।