घटना सार्वजनिक भएको मितिदेखि हदम्यादको व्यवस्था गर्नुपर्छ : विन्दा पाण्डे « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


घटना सार्वजनिक भएको मितिदेखि हदम्यादको व्यवस्था गर्नुपर्छ : विन्दा पाण्डे


884
Shares

काठमाडौं । नेकपा एमाले सांसद विन्दा पाण्डेले यौन हिंसाका घटना सार्वजनिक भएको मितिदेखि लागू हुने गरी हदम्यादको कानूनी व्यवस्था गर्न उपयुक्त हुने बताउनुभयो ।
प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा बोल्दै पाण्डेल नाबालिकाहरुको हकमा झन् हदम्याद अनिवार्य हुने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘हदम्याद राख्नैपर्छ भने उनीहरुले सार्वजनिक रुपमा भन्न सकेको समयदेखि यति समयभित्र उजुरी गरिसक्नुपर्ने भन्ने राख्न सकिएला । होईन भने यति अवधि भित्र नै उनीहरुले उजरी गरिसक्ने राख्ने हो भने पीडितले न्याय पाउने स्थिति बन्दैन । यसका बारेमा संरचनागत हिसावले पनि सोच्नुपर्ला । मैले मन्त्रीजीलाई ध्यानाकर्षण गर्न खोजेको चाँही हामीले स्थानीय पालिकाहरुमा न्यायिक समितिको व्यवस्था ग¥यौं । तर त्यो न्यायिक समितिको व्यवस्था गरेर पनि हामीले एउटा पनि कानुनी सहायताको व्यवस्था गर्न सकेनौं । अर्को मनोविमर्शकर्ता वडा तहसम्म दिन सक्ने हो भने त्यस्ता खालका घटना घटेपछि उनीहरुले कम्तिमा पनि मनाविमर्शकर्ता कहाँ गएर भन्न सक्नेछन र त्यसले ती घटनाको विषयमा अघि बढन सहज हुने खालको कुरा हुन्छ ।’